‘झिंगेदाउ’को नयाँ गीतमा अञ्जु र सुरेशको स्वर, आँचल र कुशलको छमछमी



काठमाडौं । यही भदौं १७ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘झिंगेदाउ’को नयाँ गीत सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक ‘टलटल टलक्कै’बोलको गीतमा एकनारायण भण्डारी र दिनेशराज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत, अन्जु पन्त र सुरेश लामाको स्वर छ ।

भिडियोमा अभिनेत्री आँचल शर्मा र नव अभिनेता कुशल विष्टले कम्मर मर्काएका छन् । केकी अधिकारी र मुकुन भुसालको विवाहको माहोलमा गीत खिचिएको छ । रामजी लामिछानेले गीतको नृत्य निर्देशन गरेका हुन् । ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिंगेदाउ’मा केकी, मुकुन, आँचल र कुशलका साथमा हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बरालको पनि अभिनय छ । भीमनिधि तिवारीको कथा कृतिमा आधारित चलचित्रको पटकथा एवं संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।

चलचित्रले दुई मिलनसार दाजुभाइको विवाहपछि हुने पारिवारिक झमेलाको कथा भन्छ । कपनगढी सिनेमा र फिल्म क्रु नेपालको व्यानरमा निर्मित चलचित्रमा विष्णु घिमिरे (कल्पित)को छायांकन, रोशन श्रेष्ठको द्धन्द्ध र मित्रदेव गुरुङको सम्पादन छ । शुलभ प्रतिक देउजा र समीक्षा देउजा चलचित्रको निर्माताका रुपमा छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.