कात्तिकबाट फागुनमा पुग्यो सुरक्षा पन्तको ‘बुलाकी’



काठमाडौं । सुरक्षा पन्तको शीर्ष भूमिका रहेको चलचित्र ‘बुलाकी’ फागुनमा प्रदर्शनमा आउने भएको छ । यसअघि कात्र्तिक १८ गतेदेखि प्रदर्शन हुने भनिएको चलचित्र अब फागुन १९ मा प्रदर्शनमा आउने भएको हो । मंगलबार चलचित्रको नयाँ पोष्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो ।

मंसिरमा हुन लागेको निर्वाचनलाई दृष्टिगत गर्दै चलचित्र फागुन १९ मा सारिएको निर्माता टोपेन्द्र बिष्टले जानकारी दिए ।

लक्ष्मण सुनारको निर्देशन रहेको ‘बुलाकी’मा सुरक्षाका अलावा नरेन खड्का र बिराज विष्ट मुख्य भूमिकामा छन् । चलचित्रले फस्टलुक पोष्टरबाटै राम्रो चर्चा बटुलिसकेको छ । फागुन १९ लाई यसअघि ‘वर एण्ड वधु’ र ‘परस्त्री’ले प्रदर्शन मितिको रुपमा तय गरिसकेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.