तीनवटै नेपाली चलचित्रको कमजोर व्यापार, हलमा शो छ तर दर्शक छैनन्



काठमाडौं । शुक्रबार एकसाथ तीन नेपाली चलचित्र प्रदर्शनमा आए – माईकल अधिकारी, कृष्ण लीला र प्रेमगञ्ज । यी तीनवटै चलचित्रले हलसम्म अपेक्षित दर्शक तान्न सकेनन् । तीनवटै चलचित्रको ओपनिङ निकै कमजोर रह्यो । शुक्रबार र शनिबार दुबै दिन बिदा हुँदासमेत चलचित्रले दर्शक तान्न नसकेको हल संचालकहरु बताउँछन् । ‘पहिलो दिन नै दर्शक नभएर तीनवटै चलचित्रको शो क्यान्सिल समेत गर्नुपरेको छ’ एक हल संचालकले सेलिब्रेटी नेपालसँग भने । आइतबार पनि चलचित्र हेर्न दर्शकहरुको उपस्थिति न्यून रहेको ती हल संचालकले बताए ।

हलमा चलचित्रको शो भएपनि दर्शक नआउँदा क्यान्सिल गर्नुपरेको हल संचालकहरुको गुनासो छ । शुक्रबारबाटै प्रदर्शनमा आएको भारतीय चलचित्र ‘कार्तिकेय २’को ओपनिङ पनि सुखद् छैन् । यद्यपी नेपाली चलचित्रमा भन्दा धेरै दर्शक भारतीय चलचित्रमा छन् ।

‘माइकल अधिकारी’मा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ भने ‘कृष्णलीला’मा पुष्प खड्का र श्रद्धा क्षेत्री मुख्य भूमिकामा छन् । ‘प्रेमगञ्ज’मा भने बेनिशा हमाल, सम्पदा बानियाका साथ केही नवकलाकारहरु मुख्य भूमिकामा प्रस्तुत छन् ।

पछिल्लो साता प्रदर्शनमा आएका नेपाली चलचित्रले मात्रै दर्शक तान्न नसकेका भने होइनन् । ‘कबड्डी ४’पछि नै नेपाली चलचित्रमा अपेक्षित दर्शक छैनन् । जसका कारण अब आउने चलचित्रहरु पनि व्यापारलाई लिएर अन्यौलमा छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.