चलचित्र ‘कैदीको पत्र’ को ट्रेलर सार्वजनिक



काठमाडौं। सामाजिक यथार्थवादी कथामा आधारित इन्टरनेशनल नेपाली चलचित्र ‘कैदीको पत्र’ को ट्रेलर सार्वजनिक गरिएको छ। श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बेलायतवाट निर्मित तथा सनम कुमार बैरागव्दारा निर्देशित चलचित्र ‘कैदीको पत्र’को ट्रेलर बेलायतवाटै विश्वव्यापी सार्वजनिक भएको हो।

चलचित्र ‘कैदीको पत्र’ बेलायतमा नै आफ्नो जीवन समर्पित गरेका नेपाली साहित्यकार स्वर्गिय ईश्वर मानन्धरको कथा संग्रह ‘कैदीको पत्र’मा आधारित चलचित्र को संपूर्ण छायाँकन बेलायतको स्कटल्याण्डमा सम्पन्न भएको हो । चलचित्रमा बेलायतमा नै रहेका नेपाली तथा विदेशी कलाकारहरुले अभिनय गरेको जानकारी निर्देशक सनम कुमार बैरागले दिएका छन्।

चलचित्रमा ३५ प्रतिशतभन्दा बढी अंग्रेजी भाषा रहेको छ। युवा पुस्ताको बर्तमान फिल्मी चासोलाई मध्यनजर गरेर चलचित्रको कथावस्तुअनुरुप अंग्रेजी भाषालाई पनि प्राथमिकता दिएको निर्देशक बैरागको भनाई छ। नायक विक्रम दि जोशीको अलावा कैलाश विश्वकर्मा, दिल घले, नानीहेरा बैराग र हिराल जोशीको निर्माण रहेको छ।

निर्देशक बैरागकै गीत, पटकथा तथा संवाद रहेको यस चलचित्रमा बेलायतका पूर्व नेपाली राजदूत डा.दुर्गावहादुर सुवेदीको समेत अभिनय रहेको छ। म्याडिसन लाजारस, कुनाल विश्व, सलिना थापा मगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स, सुबर्ण थापा, चरण प्रधान, मनिष कुमार श्रेष्ठ, सुस्मिता थापा लगायतका कलाकारहरुको विशेष अभिनय रहेको छ।

बेलायतवाट सेप्टेम्बर महिनावाट चलचित्र सार्वजनिक प्रदर्शन शुरु हुने भएको छ। त्यस्तै, नेपालभर आगामी नोभेम्बर महिनावाट हुने भएको जानकारी पनि निर्देशक बैरागले दिएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.