तीन वर्षदेखि क्यान्सरबाट पीडित गायिका स्मिता घिमिरेको निधन



काठमाडौँ। करिब तीन वर्षदेखि क्यान्सर रोगबाट पीडित गायिका स्मिता घिमिरेको निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा सोमबार साँझ गायिका घिमिरेको निधन भएको हो । पछिल्लो पटक उनी बोनम्यारोको क्यान्सरबाट पीडित थिईन् । सोमबार साँझ नै पशुपति आर्यघाटमा घिमिरेको अन्तिम संस्कार गरिएको छ ।

गायिका घिमिरेले थुप्रै नेपाली गीतहरु गाउनुका साथै केही महिना अगाडि आफ्नो जीवनकै पहिलो उपन्यास ‘हराएको मुस्कान’ समेत सार्वजनिक गरेकी थिईन् । सांगीतिक पृष्ठभूमि भएको विराटनगरको कोइराला परिवारकी नातीनि स्मिता घिमिरेले ४–५ वर्षको उमेरदेखि नै संगीतप्रति रुची देखाएकी थिइन् ।एसएलसी दिनुअघि नै विराटनगरमा सम्पन्न एउटा बाल गायन प्रतियोगितामा तेस्रो स्थान जितेपछि उनको औपचारिक सांगीतिक यात्रा प्रारम्भ भएको थियो ।काठमाडौं आएर संगीतकार दीपक जंगमसंग संगीतको औपचारिक प्रशिक्षण लिएपछि गीत–संगीतमा सक्रिय भएकी यी गायिकाले स्टुडियोमै गएर पहिलो गीत रेकर्ड गराएको करिव एक दशक भयो ।

भूपू प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाकी छोरी सबिता अर्यालकी छोरी हुन् गायिका स्मिता घिमिरे । करिव दुई दशकअघि क्यान्सरबाट निधन भएकी आफ्नी आमाको नाममा खोलिएको सबिता स्मृति ट्रस्टका लागि उनले आफ्नो पहिलो एल्बम ‘स्मि’ को बिक्रीबाट आएको ५० हजार रुपैयाँ प्रदान गरेकी थिइन् । उक्त ट्रस्टले अहिले पनि स्वास्थ्य क्षेत्रमा कार्य गरिरहेको छ ।

मनोविज्ञान र नेपालीमा स्नातक गरेकी गायिका घिमिरेले यो अवधिमा सुगम संगीतमा आधारित थुप्रै गीत तथा गीति संग्रह सार्वजनिक गरेकी थिईन् । सांगीतिक क्षेत्रमा सक्रिय रहेको बेला तथा उपन्यासलाई अन्तिम स्वरुप प्रदान गरिरहेको बेला करिव साढे दुई वर्षअघि गायिका घिमिरेलाई देब्रे स्तनमा क्यान्सर देखिएको थियो । उनका ‘ए भन्छन्’, ‘आँखाको नानी हौ’, ‘भाग्य भन्नु’, ‘कति मीठो माया’, ‘गहिरो तालको’ ‘के भो आज भोलि ‘ लगायत गीत रुचाइएका छन् भने ‘स्मि’ नाममा एल्बम समेत सार्वजनिक गरेकी थिइन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.