मोफसलमा प्रचार गर्दै ‘माइकल अधिकारी’ टिम



काठमाडौँ। भदौ ३ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘माइकल अधिकारी’को टिमले पूर्वी नेपालका प्रमुख शहर विर्तामोड र विराटनगरमा प्रेसमिट तथा मिनी कन्सर्ट सम्पन्न गरेको छ । उक्त कार्यक्रममा अभिनेता सौगात मल्ल र निर्माता निरक पौडेल लगायत सहभागी थिए ।

विर्तामोडको ’वान स्टप मल’ र विराटनगरको ’सेन्ट्रल मल’मा आयोजना गरिएको कार्यक्रममा सिनेमाको गीतमा कलाकारहरुले प्रस्तुति दिए । प्रेसमिटमा बोल्दै अभिनेता सौगातले ’माइकल अधिकारी’मा फरक कथामा मनोरंजनको डोज रहेको बताए । झापा र ईलाममा छायांकन गरिएका कारणपनि पूर्वेली दर्शकले सिनेमामा अपनत्व महसुस गर्ने दावी गरे ।

यस्तै निर्माता निरक पौडेलले हाम्रै समाजको कथा भएकाले फिल्म हेरेर दर्शक निरास नहुने दाबी गरे । उनले भने, ’सेरोगेसीको विल्कुलै नयाँ कथामा परिवार बसेर मनोरञ्न लिन सक्नु हुनेछ । मनोरंजनको हकमा यसले निरास बनाउदैन ।’

रञ्जित रौनियारको निर्देशन रहेको फिल्ममा सौगात र सृष्टि दम्पतिको भूमिकामा छन् । एक गरिब दम्पतिले पैसाको जोहो गर्न सेरोगेसी (कोख भाडामा दिने) निणर्य गर्छन् । त्यसपछि दम्पतिको जीवनमा आउने उतारचढाव फिल्ममा देखाइएको छ ।

चलचित्रमा सौगात र सृष्टिका सँगै आशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल र केभिन परियारलगायतको अभिनय छ । उद्धव पौडेलको प्रस्तुति रहेको चलचित्रलाई गोपीकृष्ण मुभिजले निर्माण गरेको हो । चलचित्रको वितरण जिजिए ग्रुपका करण श्रेष्ठले लिएका छ्न।