‘मिस युनिभर्स नेपाल’ को टप २० मा अष्ट्रेलियाबाट आएकी नेपाली चेली आश्मा



काठमाडौँ । नेपालमा जारी ‘मिस युनिभर्स नेपाल’ प्रतियोगितामा एडिलेडकी आश्मा केसीले पनि प्रतिस्पर्धा गर्दैछिन् ।काठमाडौंमा अगष्ट १९ मा मिस युनिभर्सको फाइनल हुँदैछ । मिस नेपाल २०१६ प्रतियोगितामा सफलतापूर्वक शीर्ष १० मा पुग्दै र दुई उपाधि मिस एथलेटिक र यामाहा फेस अफ फेसिनो २०१६ जित्न सफल प्रतियोगी हुन् आश्मा केसी । अहिले मिस युनिभर्स नेपाल २०२२ मा आफ्नो यात्राको प्रतिक्षामा रहेकी आश्मा नेपाल सरकारको पर्यटन तथा होटल व्यवस्थापनको शिक्षालय नाथमबाट हस्पिटालिटी एडमिनिस्ट्रेशनमा प्रथम श्रेणीको बिएचएम (ऑनर्स) डिग्री लिएर विश्वव्यापी स्तरमा आतिथ्यताको सम्भावनालाई थप अन्वेषण गर्न प्रेरित रहेकी छन् ।

एडिलेडको इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्ट (आईसीएचएम)मा अध्ययन गरेकी उनले पछिल्ला तीन वर्ष पर्यटन तथा होटल म्यानेजमेन्ट क्षेत्रमा काम गर्दै अनुभवहरू संगाल्दै आएकी छिन् । उनले सामुदायिक सेवाहरूमा काम गर्ने खासगरि विशेष सहयोग आवश्यक रहेका मानिसहरूलाई सहयोग गर्ने आफ्नो भित्री इच्छा रहेको र सोही अनुसार क्रियाशिल रहेको बताइन ।

हाल उनी सामाजिक संस्थाहरु मार्फत क्रियाशिल रहेकीछिन् । आफ्नो समय पेशा समाजसेवा बाहेक, आशमा आफ्नो जोशलाई जीवित राख्न मोडलिङ र फेसनजस्ता रुचिका कामहरुमा पनि व्यस्त छिन् ।

मिस युनिभर्स नेपाल २०२२ को सेमिफाईनलमा पुगिसकेकी केसी यो मञ्चलाई दिनदुखी र समस्यामा परेका मानिसहरूको आवाज बन्नुका साथै ती विपन्न मानिसहरूलाई सम्मान, समावेशी र छनोटको स्वतन्त्रताको साथ जीवन बिताउन सहयोग गर्न सहयोग गर्न उपयोग गर्ने बताइन ।

मिस युनिभर्स नेपाल जितेर मिस युनिभर्सको अन्तर्राष्ट्रिय मञ्चमा पुग्न सफल भएमा नेपाललाई विश्वमा चिनाउने अभियानकर्ताको रुपमा विशेष सहयोगको आवश्यक भएका व्यक्तिहरुको आवाज बुलन्द पार्ने बताउँछिन । केसीको जीवनको लक्ष्य अष्ट्रेलियाको अध्ययन सकेर नेपालमै फर्किएर मानसिक समस्यामा रहेका मानिसहरूसँग काम गर्ने रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.