हाँस्य टेलिचलचित्र ‘रिटार हल्दार’ मिटिभीबाट प्रशारण हुँदै



काठमाडौँ। हर्के हल्दारको उपनामले परिचित कलाकार बिष्णु सापकोटा अब नयाँ टेली चलचित्र मार्फत देखिने भएका छन्। सापकोटाको मुख्य भूमिका रहने हाँस्य टेलिचलचित्र ‘रिटार हल्दार’ को बारेमा आज एक पत्रकार भेटघाट गर्दै सिरियलको बारेमा जानकारी गराइयो। टेली चलचित्र प्रत्येक सोमवार सांझ ८ बजे मिटिभीबाट प्रशारण हुनेछ।

भद्र भुजेलको निर्देशनमा बनेको टेली चलचित्रमा बिष्णुको साथमा स्वीकृति खरेल,लक्ष्मी तिमल्सिना,शिव शर्मा,पिताम्बर आचार्य,गीता ओली,प्रेम खतिवडा,रक्षा सापकोटा,यसोदा सापकोटा,लक्ष्मण नेपाल,सुरेश चौधरी,प्रग्यासी थापा,सानु तिमल्सिना लगायतका कलाकारको अभिनय रहेको छ।

राजधानी काठमाडौँमा आयोजित पत्रकार भेटघाटमा कलाकार तथा बाक्लो संख्यामा पत्रकारहरुको उपस्थिति रहेको थियो। प्रमुख अतिथी निर शाहको हातबाट टेली चलचित्रको पोस्टर पनि सार्वजनिक गरियो। कार्यक्रममा मिटिभीका कार्यकारी निर्देशक रोशन पौडेल, कलाकारतथा निर्देशक निर शाह,लय संग्रौला,उत्तम केसी,मुकुन्द किशोर भट्टराई,जितु नेपाल,दमन रुपाखेती,सुरेन्द्र केसी,शैलेन्द्र सिम्खडा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै अतिथीहरुले टेली चलचित्र तथा मिटिभीलाई शुभकामना दिए। हाँस्य टेलिचलचित्र ‘रिटार हल्दार’ मा श्रीमती नभएको बुढाको कुण्ठा र आफ्नी श्रीमतीलाइ शंका गर्ने बुढाको क्यारेक्टरलाइ बिसेष रुपमा प्रस्तुत गरिएको बिष्णु सापकोटाले बताए। संचारकर्मी सन्ध्या थापाले संचालन गरेको कार्यक्रममा प्रविन अर्यालले स्वागत मन्तब्य राखेका थिए।

हाँस्य टेलिचलचित्र ‘रिटार हल्दार’ मा गौतमराज खड्काको ग्राफिक्स,राज कार्कीको सम्पादन,कन्सेप्ट तथा स्क्रिप्ट बिष्णु सापकोटा,छायाँकन प्रवेश पोखरेल र संजय राई,शिर्ष गीत बसन्त सापकोटाको रहेको छ। ‘रिटार हल्दार’ सोमवार ८.३० बजे मिटिभीको अफिसियल यु ट्युब च्यानल (Mt.Everest Digital) मार्फत सार्वजनिक हुनेछ। टेली चलचित्रको मार्केटिंग रेडियो लिंकले गरेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.