‘द फ्लीक मोडल्स’ को उपाधी दिपेन्द्र र सीमालाई



काठमाडौँ। नेपाली मोडलिङ क्षेत्रको प्रवर्धन तथा मोडल उत्पादनका लागि फोकस फेसनले राजधानीमा आयोजना गरेको पहिलो संस्करणको ‘द फ्लीक मोडल्स’ नामक मोडलिङ प्रतियोगितामा गायक तथा मोडल दिपेन्द्र सोनाम र व्युटिसियन तथा मेकअप आर्टिष्ट सीमा श्रेष्ठले प्रमूख उपाधि चुमेका छन्। उनीहरुले उपाधिवापत ५० हजार रुपियाँ नगद प्राप्त गरेका छन्।

सिन्धुपालचोकका दिपेन्द्र गायक, मोडल र युवा व्यवसायी हुन्। सात गीत गाईसकेका उनले तीन दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन् भने हालै तिमी मेरै बन न नामक फिल्ममा प्रमूख भूमिकामा अभिनय गरेका छन्। उनले प्रमूख उपाधिका साथ मिस्टर लिडरसीप, बेस्ट ड्रेस र मिस्टर फोटोजेनिकको उपउपाधिलाई समेत आफ्नो बनाएका छन्।

त्यस्तै महिलातर्फकी विजेता सीमाले यसअघि पनि सौन्दर्य प्रतियोगितामा अनुभव बटुलीसकेकी छन्। गोरखाकी सीमाले यसअघि व्युटिसियन ट्यालेन्ट नेपाल २०१९ मा बेस्ट ड्रेस अवार्डको उपाधि जितेकी थिइन्। राजधानीमा युनिसेक्स सलुन सञ्चालन गर्दै आएकी उनले द फ्लीक मोडल्स प्रतियोगतामा भने प्रमूख उपाधिका साथ वेष्ट ड्रेस, फोटोजेनिक, लिडरसिप र बेस्ट टाक्सको उपउपाधिलाई पनि आफ्नो बनाएकी छन्।

प्रतियोगितामा सागर बस्नेत र अंकी सेती फस्ट तथा वेदान्त रञ्जित र सीमा गुरुङ सेकेण्ड रनर्सअप भएका छन्। त्यसै गरी वेदान्त रञ्जित र अंकी सेती मिस्टर र मिस ट्यालेन्ट, केविन श्रेष्ठ र सीमा गुरुङ मिस्टर र मिस क्याटवक, जेम्स दुनदास र अमिषा सुवेदी मिस्टर र मिस एटीट्युड, शरद करेन र स्वती यादव मिस्टर र मिस कन्फिडेन्ट, सविना बस्नेता मिस पर्पेmक्ट फिगर, बार्बी योञ्जन मिस बब्ली, निशा गजुरेल मिस वेस्ट स्माइल, सागर बस्नेत र सुष्मिता बराल मिस्टर र मिस पंचुआलीटी, रत्नकुमारी महर्जन मिस डिसीप्लेन, प्रदीप राई र शान्ती शाही ठकुरी मिस्टर र मिस लोयल तथा प्रतिमा पाण्डे मिस व्युटिफुल आईजको टाइटल विजेता भए।

रमीता भण्डारीले चर्या नृत्य प्रस्तुत गरेर मनोरञ्जक तुल्याएको प्रतियोगितामा फोटोग्राफर राजभाई सुवाल, मोडल दीपक घिमिरे, मेकअप आर्टिस्ट सिर्जना श्रेष्ठ र इभेन्ट अर्गनाइजर विशाल गुरुङ निर्णायक रहेका थिए। ऋता कट्टेलद्वारा सञ्चालित प्रतियोगिता जयन सुब्बा मानन्धरको कोरियोग्राफीमा सम्पन्न भएको हो।
मोडलिङ क्षेत्रका विभिन्न विधामा भविष्य निर्माण गर्न चाहनेहरुका लागि यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था फोकस फेसनका अध्यक्ष आदर्श शर्माले बताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.