‘नेपाली चलचित्र स्मृति सम्मान २०७९’ बाट सम्मानित हुने सेलिब्रेटीहरुको नाम घोषणा



काठमाडौँ। नेपालको चलचित्र सम्बन्धी सबैभन्दा जेठो संस्था नेपाल चलचित्र संघले नेपाली चलचित्र क्षेत्रमा स्थापित व्यक्ति तथा संस्थाले आफ्ना अभिभावक र संस्थाको नाममा नेपाली चलचित्र क्षेत्रको विभिन्न विधामा योगदान पुर्याएकाहरुको स्मृतिमा ‘नेपाली चलचित्रकर्मी स्मृति सम्मान’ कोष स्थापना गरी नेपाली चलचित्र क्षेत्रका विभिन्न विधाहरुमा निरन्तर योगदान दिनुहुने विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्दै आएकोमा केही वर्षदेखि विभिन्न कारणले यो कार्यक्रम रोकिएको थियो । ‘नेपाली चलचित्रकर्मी स्मृति सम्मान कोष’ ले यो वर्ष देखि पुनः निरन्तर सम्मान गर्ने भएको छ ।

नेपाली चलचित्र स्मृति सम्मान २०७९ बाट विभिन्न विधामा निरन्तर योगदान दिनुहुने विभिन्न व्यक्तिहरुलाई सम्मानित गर्ने कुराको घोषणा गरिएको छ । यसै क्रममा यो वर्ष अभिनेता तथा चलचित्र व्यवसायि अर्जुन श्रेष्ठ द्वारा स्थापित भूपेन्द्र विष्णु श्रेष्ठ प्रकाश थापा स्मृति निर्देशक सम्मान २०७९ बाट निर्देशक श्री ज्ञानेन्द्र देउजालाई सम्मानित गरिने भएको छ भने चलचित्र व्यवसायी प्रदीप कुमार उदयद्वारा स्थापित द्वारिका प्रसाद उदय शिवशंकर मानन्धर अभिनेता सम्मान २०७९ बाट श्री शिव श्रेष्ठलाई सम्मानित गर्ने घोषणा गरिएको छ ।

यस्तै गरी गुण समूह द्वारा स्थापित गुण समूह शान्ति मास्के स्मृति अभिनेत्री सम्मान २०७९ बाट गौरी मल्ल , गायक योगेश्वर अमात्यद्वारा स्थापित भुवनेश्वर अमात्य नारायण गोपाल स्मृति संगीत सम्मान २०७९ बाट गायिका देविका बन्दना , विरेन्द्र नारायण श्रेष्ठद्वारा स्थापित हरिबहादुर हिरादेवी श्रेष्ठ डायमण्ड शमशेर जबरा स्मृति लेखन सम्मान २०७९ बाट लेखक मौनता श्रेष्ठ, राज कुमार पोखरेलद्वार स्थापित शेर बहादुर कृष्णकुमारी पोखरेल श्रीविक्रम राणा स्मृति पत्रकारिता सम्मान २०७९ बाट पत्रकार विदरु गिरी , क्वयेष्ट इन्टरटेन्टमेन्ट प्रा लि. द्वारा सथापित क्वयेष्ट इन्टरटेन्मेन्ट मधुकर बस्नेत स्मृति प्राविधिक सम्मान २०७९ बाट सम्पादक श्री नरेन्द्र खड्का , मधुसूदन प्रधानद्वारा स्थापित मैँयादवी गोपाल भुटानी स्मृति द्वन्द कलाकार सम्मान २०७९ बाट श्री योगन्द्र श्रेष्ठ, कपिल प्रसाद द्वाद्वारा स्थापित

हरिप्रसाद द्वा भगवानदास श्रेष्ठ स्मृति निर्माता सम्मान २०७९ बाट निर्माता श्री छविराज ओझा , नरेन्द्र महर्जनद्वारा स्थापित नन्द बहादुर महर्जन वीरेन्द्र बहादुर पाण्डे स्मृति प्रदर्शक सम्मान २०७९ बाट तीर्थ प्रधान , गोपालकाजी कायस्थबाट स्थापित राजबीर कायस्थ बैकुण्ठ मास्के स्मृति छायाँकार सम्मान २०७९ बाट श्री मञ्जुकुमार श्रेष्ठ लाई

नेपाली चलचित्रकर्मी स्मृति सम्मान प्रदान गरिने भएको छ भने यो सम्मान २०७९ यही २०७९ साल भाद्र १९ गते काठमाण्डौमा एक भव्य समारोहबीच सम्मानित गरिने भएको छ । यसरी सम्मानित हुने विशिष्ट चलचित्रकर्मिहरुलाई जनही नगद रु. १५,५५५।०० र सम्मान पत्र र दोसल्लाले सम्मानित गरिने कुरा पनि घोषणा सभामा जानकारी गराईएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.