‘बाबरी’ को नयाँ पोस्टर सार्वजनिक,दुई धिरजको बिचमा अदिति



काठमाडौँ। सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘बाबरी’को नयाँ पोस्टरहरु सार्वजनिक गरिएका छन् । यसअघि मुख्य कलाकार धिरज मगर र अदिति बुढाथोकीलाई मात्र चलचित्रको प्रचार सामाग्रीमा समेटिएको थियो । नयाँ पोस्टरमा डेब्यु अभिनेता धिरज नाडकरपनि फिचर्ड छन् । उनि अभिनेत्री तृप्ति नाडकरका छोरा हुन् ।

दुई ओटा पोस्टरमा धिरज, अदिति र धिरज नाडकरको फ्रेण्डशिप झल्किएको छ । तेस्रो पोस्टरमा धिरज नाडकर र अदिति रोमान्टिक बन्दा धिरज मगरलाई आक्रामक अन्दाजमा प्रस्तुत गरिएको छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रमा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङलगायतका कलाकारहरुको पनि अभिनय छ । भदौ ३१ देखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्रको दुइ वटा गीत सार्वजनिक भईसकेका छन् अब छिट्टै ट्रेलर सार्वजनिक गरिने निर्माण टिमले बताएको छ ।

निर्देशक पौडेलको कथा र सम्पादन रहेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा,सुजन चापागाईं र अनमोल गुरुङको संगीत, नरेन्द्र मैनालीको छायांकन र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी छ । बाबरी फिल्म्सको व्यानरमा निर्मित चलचित्रमा गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्माता रहेका छन् ।