‘प्रेमगन्ज’ को फेरी भेट होला नहोला



काठमाडौँ। प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्र ‘प्रेमगन्ज’ ले नयाँ गीत सार्वजनिक गरेको छ । गीतका शब्द मात्र राखी सार्वजनिक ‘फेरि भेट होला नहोला’ बोलको गीतले विछोड भएका प्रेमी प्रेमिकाको भाव समेटेको छ ।

सार्वजनिक गीतमा कृष्णहरि बरालका शब्दलाई गैरे सुरेशले संगीत दिएका छन् । गीतमा स्वेच्छा ठकुरी र प्रबिन बेडवालको स्वर रहेको छ । भदौ ३ लाई प्रदर्शन मिति तोकेको चलचित्रलाई परिच्छेद सेनले निर्देशन गरेका हुन् ।

प्रेमकथानक चलचित्रमा तेज गिरि, बेनिशा हमाल, राइडर प्रशन, सुप्रिया खनाल र सिमरन खड्कालाई देख्न सकिन्छ । चलचित्रले दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गरेको छ । तेज र बेनिशाले युवा उमेरको मैनाराजाको भूमिकामा अभिनय गरेका छन भने प्रशन, सुप्रिया र सिमरनले टिनएजर मैना राजाको भूमिका निर्वाह गरेका छन् ।

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रलाई परिच्छेद स्वयंले लेखेका हुन् । अर्जुन जीसीको सम्पादन र सञ्जय लामाको छायांकन रहेको चलचित्रमा नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, पवन भट्टराईको पनि अभिनय रहेको छ । चलचित्रमा किरण भुसाल, पुरुषोत्तम ढुंगेल, गैरे सुरेश र सरोज पोखरेलको संगीत रहेको छ ।