विश्व कीर्तिमानी उपाध्यायले सार्वजनिक गरे चौधौं उपन्यास ‘कसुर’



काठमाडौँ । विश्व कीर्तिमानी गीतकार तथा लेखक डा. डीआर उपाध्याय खनालको १४ औं उपन्यास ‘कसुर’ सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा कलाकार, लेखक तथा निर्देशक मोहन निरौला, गीतकार संघका निर्वतमान अध्यक्ष चुडामणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली समाजका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघकार उपाध्याक्ष वसन्त वित्यासी थापा, संगीतकार सन्तोष श्रेष्ठ, पुस्तकका सम्पादक कृष्ण भुसाल लगायतले संयुक्त सार्वजनिक गरे ।

उपाध्यायले लेख्दै जादा १४ औं उपन्यास पाठकमाझ आइपुगेको बताउँदै नयाँ उपन्यासको तयारीमा आफू लागिसकेको जानकारी दिए । उनले सार्वजनिक उपन्यासमा जनकपुरदेखि, काठमाडौंका विभिन्न ठाउँ र चीनसम्मका स्थान र पात्रलाई समावेश गरिएको बताए ।

कार्यक्रममा कलाकार, लेखक तथा निर्देशक मोहन निरौला, गीतकार संघका निर्वतमान अध्यक्ष चुडामणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली समाजका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघकार उपाध्याक्ष वसन्त वित्यासी थापा, संगीतकार सन्तोष श्रेष्ठ, पुस्तकका सम्पादक कृष्ण भुसाल लगायतले लेखक उपाध्यायको योगदान र कृतिको बिषयमा चर्चा गरेका थिए ।

शिखा बुक्स बागबजारले प्रकाशन गरेको १७२ पृष्ठको उपन्यास ‘कसुर’ पैँतीस खण्डमा विभाजन गरिएको छ । गीतसंगीत तथा विविध बाट डा. उपाध्यायले ११० विश्व रेकर्ड रेकर्ड कायम गरेका छन् । यतिधेरै विश्व रकेर्ड कायम गर्ने डा.उपाध्याय पहिलो नेपाली सर्जक हुन् । उपाध्यायका २८ एल्बमका सयौं गीत र ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’ लगायत उपन्यास पाठकमाझ आएका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.