मिस्टर एण्ड मिस थारूका लागि २५ छनौट



काठमाडौं। थारु कला, सँस्कृति प्रवद्र्धन गर्ने उदेश्यले आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु २०२२’ का लागि २५ प्रतियोगी छनोट भएका छन् । ७ जिल्लाका प्रमुख शहरहरुमा आयोजित अडिसनबाट पुरुष र महिला गरी २५ जना छनोट भएको आयोजक सुरेश चौधरीले जानकारी दिए ।

छनौट हुनेमा रञ्जु चौधरी, सिम्रन चौधरी, भानु चौधरी, नोयन्द्र चौधरी, उमंग चौधरी, बिना धमलवाहा थारु, सविना चौधरी, बन्धना चौधरी, आशिष चौधरी, मुस्कान चौधरी, निशा चौधरी, करिना चौधरी, सोनु महतो पंजियार, सुरेश दहित, रुपा चौधरी, स्मृति चौधरी, आशिष थारु, निशान थारु, अशोक थारु, लालबहादुर रत्गैया, भावना चौधरी र माया चौधरी रहेका छन् ।

उनका अनुसार प्रतियोगिताको अन्तिम अडिसन साउन २८ गते शनिबार काठमाडौं, बुटवल र दाङमा हुनेछ । यसपछि छनौट भएकालाई काठमाडौं विभिन्न प्रशिक्षण दिने आयोजकको भनाइ रहेको छ । प्रतियोगिताका विजेताले नगद, क्राउनलगायतका उपहार पाउनेछन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.