दिपक लिम्बु र डम्बर नेपालीको सांगीतिक एल्बम ‘समायोजन’ को बिमोचन सम्पन्न



काठमाडौँ। पछिल्लो समय सांगीतिक बजार खस्कंदै जाँदा गायक तथा संगीतकारहरुले सांगीतिक एल्बम नभई एउटामात्र ट्रयाक रेकर्ड गरेर सार्वजनिक गर्ने प्रचलन बढेको छ। आज राजधानी काठमाडौँमा अवस्थित मण्डला थिएटरमा एउटा सांगीतिक एल्बम बिमोचन गरियो। गायक दिपक लिम्बुको एकल गायन डम्बर नेपालीको एकल शब्द तथा संगीत रहेको ‘समायोजन’ नामक सांगीतिक कोशेलीको बिमोचन गरिएको हो। एल्बममा ४ वटा गीत रहेका छन्। एक गीतमा गायक लिम्बुलाइ त्रिशाला गुरुङले स्वरमा साथ दिएकी छन्। समायोजन’ को निर्माण तथा ब्यबस्थापन रुकमान लिम्बुले गरेका हुन्। रुबुषा क्रियटिभ वर्क्सको प्रस्तुति रहेको एल्बममा समाबेश एक गीतको भिडियो पनि सार्वजनिक गरिएको छ।

एल्बम बिमोचन कार्यक्रममा महेश खड्का, पारस मुकारुङ, मिलन चाम्स, प्रेम श्रेष्ठ, चन्द्र कुमार, सुर्य बहादुर मगर, हेमराज लिम्बु, उत्तम केसि, भीषण मुकारुङ,तारा प्रकाश लिम्बू, बिनोद न्यौपाने,चन्द्र कुबेर खापुङ्ग लगायत थुप्रै श्रस्टा तथा पत्रकारहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित अग्रजहरुले दिपक लिम्बुको गायकी र डम्बर नेपालीको संगीतको बारेमा प्रसंशा गरे।

कार्यक्रममा ‘नढाँटन हौ’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरियो। युवराज वाइवाले निर्देशन गरेको भिडियोमा गायक दिपक लिम्बु र इशिका लिम्बु फिचर्ड छन्। महेश पौडेलले छायाँकन गरेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् भने लोमस पौडेलले सहायक निर्देशनको जिम्मेवारी सम्हालेका छन्। युवराज वाइवाले ‘नढाँटन हौ’ को कथामा निकै नै मेहनत गरेका छन्। एउटा सामान्य परिवारले देखेको सपना पुरा गर्न गरेको मेहनतको कथा भिडियोले बोल्छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.