वसुन्धराश्री पुरस्कार जनकविकेशरी धर्मराज थापालाई


dharmaraj_thapa
(सेलिब्रेटी नेपाल) १८ असार-नेपाली साहित्य र संस्कृतिको उत्थान र विकासका लागि लोकसाहित्य र लोकगीतका माध्यमबाट उल्लेखनीय योगदान पुर्‍याएबापत वसुन्धरा–मान प्रज्ञा–प्रतिष्ठानद्वारा स्थापित ‘वसुन्धराश्री’ पुरस्कारबाट जनकविकेशरी धर्मराज थापालाई सम्मान गरिएको छ। सो पुरस्कारमा सम्मानपत्रसहित रु ५० हजारको व्यवस्था छ। कार्यक्रममा प्रतिष्ठानका संरक्षक वसुन्धरादेवी सुवेदीले सम्मानपत्र हस्तान्तरण गरेकी थिइन्। कार्यक्रमका अवसरमा प्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीले नेपाली भाषा र नेपाली जातिका लागि उनले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गरी पुरस्कार समर्पण गरिएको बताए।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीले थापाको उच्च मूल्याङ्कन गर्दै अनेसासले २०६४ सालमा वासिङ्गटन डिसीमा गरेको सम्मानको स्मरण गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।सो अवसरमा जनकविकेशरीकी धर्मपत्नी सावित्रीलाई अनेसासका पूर्वउपाध्यक्ष पुनम क्षेत्रीले दोसल्ला ओढाई सम्मान गरीएको थियो। सो अवसरमा जनकविकेशरीका तर्फबाट उनका छोरा मदनराज र छोरी ज्ञानु राणाले आभार प्रकट गरेका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.