‘तलास’ को दोस्रो गीत सार्वजनिक



काठमाडौं। फाल्गुनन्द लिङ्देन फिल्मस्को निर्माण रहेको चलचित्र ‘तलास’ को दोस्रो गीत ‘अप्सरा केही होइन’ सार्वजनिक गरिएको छ । निर्माण युनिटले चलचित्रको प्रचार प्रसार गर्ने उद्देश्यले गीत सार्वजनिक गरेको हो । मेलिना राई र उदय नेम्वाङको स्वर तथा उदय नेम्वाङको संगीत तथा शब्द गीतमा छ ।

गीतमा अभिनेता दावा मिङमार शेर्पा र अभिनेत्री विमला खजुम लिम्बुको अभिनय छ । चलचित्रले पैसा र शक्तिको भरमा समाजमा देखिएको एकाधिकार हैकम आदिको अनिवार्य अन्त्य गर्ने कथा प्रस्तुत गरेको छ ।

चलचित्रमा दावा र विमलासँगै राजकुमार लिङ्देन, सोम लामा, एलिना बासकोटा, अन्जिता नेम्वाङ, दिलिप ठकुरी, सागर केरुङ, हस्त लिवाङ, कल्याण राई, मुकेश कालिकोटे, अजय खडका, विमल ढुङ्गेल, विक्रम धिमाल, मेखबहादुर मगरलगायतको अभिनय छ ।

चलचित्रमा दिनेश माङ्मुको नृत्य, रोशन वान्तवा राईको संगित, पुन्य ओझाको द्वन्द्व, विक्रम डिसीको छायाङ्कन र दिनेश लिङ्देनको कथा छ । चलचित्र माघको तेस्रो साता प्रदर्शनमा आउने तयारी भएको निर्देशक लिङ्देनले बताए ।