‘कृष्णलीला’ टिमको साउने सोमबारकोअवसरमा पशुपति क्षेत्रमा निःशुल्क पानी वितरण



काठमाडौं । चलचित्र ‘कृष्णलीला’ का कलाकारहरूले साउने सोमबारको अवसरमा पशुपति क्षेत्रमा निःशुल्क पानी वितरण गरेका छन् । भाद्र ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रका नायक पुष्प खड्का, नायिका श्रद्धा क्षेत्री निर्देशक दीपक ओली,कलाकार रबिन्द्र झा,निर्माता रोहित कट्टेल,निर्माता रत्न श्रेष्ठ लगायतले पशुपति क्षेत्रमा निःशुल्क पानी वितरण गरेका हुन् । साउने सोमबारमा पशुपति क्षेत्रमा दर्शनार्थीको निकै भिड हुने गर्दछ यसै भिडमा चलचित्रको प्रचार संगै सामाजिक कार्य गरिएको निर्देशक दिपक ओलीले बताए।

चलचित्रमा पुष्प खड्का,श्रद्धा क्षेत्री,बुद्धि तामाङ ,रवीन्द्र झा,नवीन रेग्मी,भावनाका साथमा हिउँवाला गौतम, आयुष गुरागाईँ,आयुषा क्षेत्री,पीताम्बर आचार्य लगायतका कलाकारले अभिनय गरेका छन् । प्रकाश कार्की र केबल तामाङ निर्माता रहेको चलचित्रको सह निर्मातामा पीताम्बर आचार्य र रोजन श्रेष्ठ छन् । आरआर फिल्म प्रोडक्डसनको ब्यानरमा निर्मित चलचित्रको वितरक पनि आरआर फिल्मस नै हो । चलचित्रको डिजिटल राइट्स डिएआर मुभिजले लिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.