आर्यनले साइन गरे नयाँ चलचित्र ‘सायरा’



काठमाडौं। अभिनेता आर्यन सिग्देल नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । चकलेटी लुक्स भएका आर्यनले अभिनय गर्न लागेको नयाँ चलचित्रको नाम ‘सायरा’ हो । उनले आइतबार मात्र निर्माण कम्पनि डि.बि.आर. मिडिया एण्ड मुभिज प्रा.ली सँग लिखित सम्झौता गरेका हुन् । रघु परियार प्रस्तुतकर्ता रहेको चलचित्रमा सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ ।

उनले सुहाउँदो क्यारेक्टर पाएपछि चलचित्र गर्ने सम्झौता गरेका हुन् । आउँदो असोजबाट छायाँकन गर्ने तयारीमा रहेको चलचित्र ‘सायरा’ को ९० प्रतिशत छायाँकन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ ।