आमिर खानको ‘लाल सिंह चड्डा’ तीन राज्यमा प्रतिबन्ध



एजेन्सी। बिहिबारदेखि रिलिज हुन लागेको बलिउड नायक आमिर खानको निर्माण तथा अभिनय रहेको चलचित्र ‘लाल सिंह चड्डा’ तीन राज्यमा प्रतिबन्ध गरिएको खबर छ। भारतीय संचार माध्यमका अनुसार यो फिल्म १९८४ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएपछि भारतमा सिख समुदायको विरुद्ध लडेकाहरुको कथामा आधारित रहेको छ। विशेषगरि, आमिरले केही बर्ष अगाडि भारतको बिषयमा बोलेको कुरालाई लिएर भारतीय जनता पार्टीका केही कार्यकर्ताहरुले बहिष्कार गर्नुपर्ने बताइरहेका छन् । फिल्ममा आमिरसँगै करीना कपूर खान, नागा चैतन्य, मोना सिंहलगायत कलाकारको अभिनय रहेको छ।

बहिस्कारको हल्लाले चलचित्रको बुकिङलाई भने असर पारेको छैन । भारतीय मिडियाका अनुसार, चलचित्रको बुकिङ आइतबारसम्म १० करोड पुगिसकेको छ । आमिरको चलचित्रको वर्ड अफ माउथले व्यापारमा धेरै फरक पार्ने भएकाले पनि ‘डोर सेल’ले यसको व्यापारमा फरक पर्नेछ । फिल्मलाई उत्तर प्रदेश, मध्य प्रदेश र हरियाणामा अनौपचारिक रूपमा प्रतिबन्ध लगाइएको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.