नेपालमा छायाङ्कन भएको ‘उचाइ’ फष्टलुकमा यस्तो देखियो



काठमाडौँ। नेपालमा समेत छायाँकन भएको फिल्म ‘उचाइ’ को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । राजश्री फिल्मको ब्यानरमा निर्माण गरिएको फिल्मले एक पोष्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो । पोस्टरमा तीन मात्र हिमाल चढ्दै गरेको देख्न सकिन्छ । अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानीको मुख्य भूमिका रहेको फिल्मको पोस्टरमा पनि यी तीनै पात्र समेटिएको हो ।

मित्रताको कथावस्तुमा आधारित फिल्मको सुरज बड्जात्याले निर्देशन गरेका हुन् । फिल्ममा डेनी डेनजोङ्पाको पनि विशेष भूमिका छ । नेपालको बिभिन्न हिमाली भेगमा छायाँकन भएको फिल्म आगामी ११ नोभेम्बरमा रिलिज हुँदैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.