मह जोडीको ‘महापुरुष’ कार्तिक ११ मा आउने



काठमाडौँ। षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको चौंथो चलचित्र ‘महापुरुष’ यही कार्तिक ११ गते संसारभर प्रदर्शन हुने भएको छ । निर्माण टिमले चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो। चलचित्रमा हरिवंश आचार्य,मदनकृष्ण श्रेष्ठ,गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ राजाराम पौडेल र नव नायक नायिका अरुण क्षेत्री र अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा दिपेश खत्रीको लगानी छ । रविन्द्र सिंह बाँनिया कार्यकारी निर्माता रहेको चलचित्रमा दीपक बज्राचार्यको छायांकन, मित्र डी गुरुङको सम्पादन छ । चलचित्रको डिजिटल राइट्स केन्द्र मोसन पिक्चर्सले खरिद गरेको छ।

चलचित्रको फस्टलुकमा फरक गेटअपमा हरिवंश पीजडामा थुनिएको सुँगासँग छन् । अर्को पोष्टरमा भने विवाह गरेर हरिवंश र गौरी मल्ल भाग्दै गरेको देखाइएको छ । यही मितिमा चलचित्र ‘लाखे’ पनि प्रदर्शनमा आउनेछ। ‘लाखे’ टिमले पनि आज नै यहि मितिमा चलचित्र प्रदर्शन गर्ने जानकारी गराएको छ।