पूजा, आकाश र सोनमको ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर रिलिज



काठमाडौं। सुदर्शन थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक गीत ‘जरुरी कुरा छ’ले राम्रो हाइप बनाएपछि निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

३ मिनेट आसपासको चलचित्रको ट्रेलर मुख्य तीन पात्र पुजा, आकाश र सोनमबीचको प्रेम सम्बन्धकको वरिपरि घुम्छ । लभस्टोरी चलचित्र निर्माण तथा निर्देशनमा माहिर सुदर्शन थापाको यो अर्को सुन्दर लभ स्टोरी बनेको अनुमान गर्न सकिन्छ ।

भदौ १७ गतेबाट प्रदर्शन हुन लागेको चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन, गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायतका कलाकारको अभिनय छ । गायक समेत रहेका सोनमले यही चलचित्रबाट अभिनेताको रुपमा डेब्यू गर्दैछन् ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्मित चलचित्रको कथा महेश दवाडीले लेखेका हुन् । अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु र जेम्स प्रधानको संगीत, अर्जुन जिसीको सम्पादन रहेको चलचित्रको निर्मातामा अमित बस्नेत, परी राना र अजित कुमार थापा छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.