आस्थाको आधार सार्बजनिक,बिश्व बजारका एल्बमलाई चुनौती


aastha-raut-album
(सेलिब्रेटी नेपाल) १७ असार-आफ्नो एल्बम ननिकाली गायन क्षेत्रमा चर्चा कमाएकि गायिका आस्था रावतले आफ्नो पहिलो सोलो एल्बम ‘आधार’ बजारमा ल्याएकी छिन्। भाइब्स क्रियशनले बजारमा ल्याएको यो एल्बमको सोमबार काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा वरिष्ठ संगीतकार अम्बर गुरुङले बिमोचन गरेका छन्। कार्यक्रममा संगीतकार सुरेश अधिकारी,लक्ष्मण शेष,महेश खड्का,शान्तिराम राई,गीतकार बिपिन किरण लगाएतका ब्यतित्वको उपस्थिति रहेको थियो।
Astha-raut
एल्बममा आस्थाको एकल स्वरमा सात वटा गीत समाबेश गरिएको छ। एल्बमका सबै गीतमा संगीत सुरेश अधिकारीको रहेको छ भने शब्द सुरेश अधिकारी र आस्थाकी आमा सावित्री रावतको रहेको छ। सांगीतिक परिवारमा हुर्केकी आस्थाको स्वरको कार्यक्रममा बोल्ने बक्ता हरुले खुलेर प्रशंशा गरे। कार्यक्रममा बोल्दै भाइब्स क्रियशनका संचालक परशुराम रिजालले आस्थाको ‘आधार’ एल्बममा भएका गीत हरुले बिस्व बजारका एल्बम तथा बिदेशी गायक गायिकाहरु लाई चुनौती दिने बताए।
कार्यक्रममा झुम्के बुलाकी गीतको भिडियो पनि देखाईएको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.