निकेशले लिए ‘कृष्णलीला’ को अस्ट्रेलिया राइट



काठमाडौं। दर्शकमाझ प्रतिक्षित बनेको चलचित्र ‘कृष्णलीला’ को अस्ट्रेलिया राइट बिक्री गरिएको छ । प्रदर्शनको मिति नजिकिँदै जाँदा चर्चामा रहेको यो चलचित्रको राइट अस्ट्रेलिया निवासी निकेश मानन्धरले खरिद गरेका हुन् । प्रदर्शन अधिकार सम्झौतामा निकेशका प्रतिनिधि तथा ‘कृष्णलीला’ टिमबीच बुधबार राजधानीमा हस्ताक्षर भएको छ ।

दीपक ओली निर्देशित चलचित्रका दुई गीत ‘त्यो कथामा एउटा राजा एउटी रानी’ तथा ‘ए मेरो हजुर..अटल वाचा गरें’ सफल भएकाले देश मात्र नभइ विदेशमा पनि ‘कृष्णलीला’ ‘डिमाण्डेड’ भएको निर्देशक ओलीको भनाइ छ ।

चलचित्रका कार्यकारी निर्माता रत्न श्रेष्ठले अस्ट्रेलिया राइट महंगो रकममा बिक्रि गरिएको जानकारी दिए । ‘रकम नखुलाउँ होला,’ उनले भने ‘अपेक्षा गरेको भन्दा बढी मुल्यमा बेचेका छौँ ।’ उनले चलचित्रको अन्य देशमा पनि धमाधम बिक्री भइरहेको बताए ।

कृष्ण जन्माष्टमीको दिन अर्थात् भदौ ३ गतेदेखि प्रदर्शनमा आउने चलचित्रमा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ,नवीन रेग्मी,हिउँवाला गौतम,आयुषा क्षेत्री तथा बालकलाकार आयुष गुरागाईँ मुख्य भूमिकामा छन् ।

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहेको चलचित्रको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन भने निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ छन् ।

पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको चलचित्रको लाइन प्रोड्युसर रमेश तामाङ हुन् । लक्ष्मण सुवेदी लिखित चलचित्रशिब ढकालले खिचेका हुन् भने अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत,रामजी लामीछाने र माइकल चन्दको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन छ । चलचित्रको डिजिटल राइट्स डिएआर डिजिटलले खरिद गरेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.