‘तिम्रो मायाले न हो’ भन्दै आए यसराज र सरिता(भिडियो)


काठमाडौँ। कर्णाली प्रदेशको आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्य सहित नयाँ आधुनिक गीत ‘तिम्रो मायाले न हो’को भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ । गायक प्रताप दाश र गायिका सरिता भारतीको स्वरमा रहेको यस गीतको छायाँकन मुगुको रारा, आछाम र जुम्लाका विभिन्न स्थानमा गरिएको छ । छायाँकार दिब्यराज सुवेदीले कर्णालीको सुन्दरतालाई निकै आकर्षकसँग भिडियोमा उतारेका छन् ।

देवल भण्डारीले लेखेको यो गीतलाई एलिश कार्कीले संगीत गरेका हुन् । यो गीतलाई बिलक्षण क्रियसनले बजारमा ल्याएको हो । गीतमा संगीत संयोजन शैलेन्द्र एम श्रेष्ठ (बाबु)ले गरेका हुन् । जसमा जुगल डंगोलको मिक्सिङ र मास्टरिङ रहेको छ ।

यो गीतको भिडियोमा अभिनेता यसराज गराच र गायिका सरिता भारतीले अभिनय गरेका छन् । कर्णाली प्रदेश प्राकृतिक रुपमा अत्यन्त सुन्दर रहेकाले त्यहाँको पर्यटन प्रवर्धन गर्न यो भिडियोको छायाँकन मुगु, अक्षाम र जुम्लामा गरिएको भिडियोका निर्देशक डब्बु क्षत्रीले बताए । यो भिडियोमा सुवास बुढाथोकीको नृत्य निर्देशन रहेको छ । भिडियोमा बीरेन्द्र भाट विपिनको सम्पादन रहेको छ ।