नायिका रेजिना र निर्मात्री कविता बिच ६ लाखको सहमती


kabita-and-rejina
(सेलिब्रेटी नेपाल) १७ असार–चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईको कार्यसमिति सदस्यको रोहवरमा नायिका रेजिना उप्रेती र निर्मात्री कविता बिच सहमती भएको छ। सहमती अनुसार अभिनेत्री उप्रेतीले एक वर्ष भित्र निर्मात्री श्रेष्ठलाई ६ लाख रुपैयाँ बुझाउनु पर्नेछ। चलचित्र वरदानको ओभरसिज राईट रेजिना र नेपाल तथा भिसीडी राईट कविता श्रेष्ठको हुनेछ।

गत शुक्रबार अभिनेत्री उप्रेती बिरुद्ध ललितपुरस्थित जिल्ला प्रहरी कार्यालय जावलाखेल प्रहरी र जिल्ला प्रशासन कार्यालयमा निर्मात्री श्रेष्ठले उजुरी दिएकी थिइन्। एक वर्ष भित्र रेजिनाले रकम चुक्ता गरिनन् भने उजुरी उल्टिन सक्ने कविताले जानकारी दिएकी छिन्। उता रेजिनाले भने कविता आफ्नो वेईज्जत गर्न तर्फ लागेको गुनासो गरेकी छिन्।

Copyright © 2012 - 2026 | All Right Reserved.