‘दोख’ को अस्ट्रेलियामा बिसेष प्रदर्शन,द्वन्दकालको कथाले मन छोएको प्रतिक्रिया



काठमाडौँ। अनुप बराल निर्देशित चलचित्र ‘दोख’को अस्ट्रेलियामा बिसेष शो गरिएको छ । अष्ट्रेलियाको मुख्य शहर सिड्नीमा गरिएको शोमा चलचित्रका निर्माता तथा विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको थियो।। विशेष शोमा चलचित्र हेर्ने सबैले चलचित्रको तारिफ गरेका छन्। चलचित्रको अन्य शहरमा पनि छिट्टै अन्य शोहरु गरिने निर्माता अधिकारीले जानकारी दिए।

दशक लामो सशस्त्र द्वन्द्वकालमा नागरिकले बाँच्नु परेको त्रासदीपूर्ण जीवनको कथा पेश गर्ने चलचित्र ‘दोख’ हेरे पछि धेरैले मन चसक्क भएको प्रतिक्रिया दिए। अष्ट्रेलियामै जन्मेका दोस्रो पुश्ताका नेपालीहरुले पनि ‘दोख’ले देखाएको द्वन्दकालको कथालाई बिशेष चासोका साथ हेरेर खुसी ब्यक्त गरेको कार्यकारी निर्माता रन्जु वाग्लेले बताइन। २ घण्टा १३ मिनेट लामो चलचित्रलाई नेपालमा समीक्षकले राम्रो प्रतिक्रिया दिएका थिए । नेपाली मौलिक कथावस्तुमा निर्माण भएको ‘दोख’लाई राजन कठेतले लेखेका हुन् ।

चलचित्र ‘दोख’ मा कलाकार दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, सुरज मल्ल, रोयदीप,राज थापा काउछा, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय रहेको छ। फिल्मले द्धन्द्धको कालखण्डमा सामुदायिक बनको मुद्धालाई लिएर दुई गाउँबीच भएको झगडाको विषयलाई मुख्य कथा बनाएको छ । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् । शैलेन्द्र डी. कार्कीको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । फिल्मको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, शिशिर खरेल, दिपक खनाल, युवराज भट्टराई हुनुहुन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.