‘हिड्दा हिड्दै’को फर्स्टलुक संगै प्रदर्शन मिति सार्वजनिक



काठमाडौ। चलचित्र ‘हिड्दा हिड्दै’को फर्स्टलुक पोस्टर संगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ। प्रेमकथानक चलचित्र माघ २० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ। चलचित्रका प्रस्तुतकर्ता सुशील पंगेनी हुन् । चलचित्रलाई मिलन आले मगरले निर्देशन गरेका हुन् । प्रस्तुतकर्ता पंगेनीकै लेखन रहेको चलचित्रमा आकाश श्रेष्ठ,नवअभिनेत्री रेखा शाह, सलोन बस्नेत,सानिया खान,बिकास थापामगर,बिबेक रामदाम,ममता पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

‘हिड्दा हिड्दै’ को निर्मातामा प्रमोदकुमार तामाङ,राजकुमार थिङ र पारस गुरुङ रहेका छन् । महादेव शाह सहनिर्माता रहेको चलचित्रमा सुमन तण्डुकारको छायांकन, बसन्त सापकोटा र किरण माइकलको संगीत,देव महर्जनको द्धन्द्ध निर्देशन र कबिराज गहतराजको कोरियोग्राफी रहेको छ । चलचित्रमा युवापुस्तामा मौलाइरहेको प्रेम र समर्पणको कथा प्रस्तुत गरिएको निर्माण टिमले बताएको छ । चलचित्र वितरणको जिम्मा आर आर फिल्म्सले लिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.