‘परदेशी २’ को पहिलो गीत सार्वजनिक,रोमान्टिक अवतारमा प्रकाश र केकी



काठमाडौँ। आगामी दशैंमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी २’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमवार राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्रमा समाबेश ‘के वर मागी फर्क्यौ’ बोलको गीत सार्वजनिक गरिएको हो। २०६० सालमा राम भक्त जोजिजुको स्वरमा रेकर्ड गरिएको गीतमा शब्द रचना रमेश पौडेलको तथा संगीत नारायण रायमाझीको रहेको छ। अहिले पुन रेकर्ड गरेर सार्वजनिक गरिएको गीतमा निशान भट्टराइको स्वर समाबेश छ।

राजेश वंशल र नारायण रायमाझी निर्माता रहेको चलचित्रको कथा रमेश बि.जीले लेखेका हुन् । गीत सार्वजनिक कार्यक्रममा निर्माता,निर्देशक,अन्य प्राविधिक टिम तथा मुख्य कलाकार प्रकाश सपूत र केकी अधिकारीको उपस्थिति रहेको थियो

नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्रमा प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, सुशिल पोख्रेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, रोशनी कार्की, देबेन्द्र बब्लु लगायतको अभिनय रहेको छ ।

बि.बि. अनुरागीको संगीत, गोबिन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व, मानकृष्ण महर्जनको छायांकन तथा दीर्घ खड्काको सम्पादन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.