‘प्रेम गीत ३’ हिन्दि तथा नेपालीमा एक साथ रिलिज हुँदै



काठमाडौँ। नेपाली चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा पनि सोही नामबाटै प्रदर्शनमा आउने भएको छ । यस अघि बिश्वजितम नामबाट आउने तयारी थियो । पहिलोपटक हिन्दी भाषाको पोस्टर सार्वजनिक गरिएको छ ! अब ‘प्रेम गीत ३’ संसारभर नेपाली, हिन्दी र अरु केही भाषामा प्रदर्शन हुने निर्माण टिमले जानकारी दिएको छ। जी-म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले चलचित्रलाई भारतभर रिलिज गर्न लागेका हुन् । हल रिलिजको आठ सातापछि ‘प्रेमगीत ३’ ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुने भएको छ ।

अभिनेता प्रदीप खड्का र अभिनेत्री कृष्टिना गुरुङ मुख्य भूमिकामा रहेको चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, अनुभव रेग्मी, क्रिजन गौतम लगायतका कलाकारको अभिनय छ । यसअघि चलचित्रका अन्य दुई श्रृङ्खला ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ बक्स अफिसमा सफल भएको कारण तेस्रो सिक्वेल निर्माण भएको हो । स्व. छेतेन गुरुङ र निर्माता सन्तोष सेनले मिलेर निर्देशन गरेको फिल्मको कथा छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.