चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत र क्यानडामा प्रदर्शन हुँदै



काठमाडौँ। गोर्खा सैनिकको जीवनकथामा आधारित चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन गर्ने तय भएको छ । ग्रयान्ड मास्टर राजकुमार राई अभिनीत उक्त चलचित्र आगामी अगस्ट २७ मा बेलायतको अल्डरसटमा, सेप्टेम्बर २४,२५ मा क्यानडा र नोभेम्बर १८ (मंसिर २ गते) नेपालमा प्रदर्शन हुन लागेको अभिनेता ग्रयान्ड मास्टर राजकुमार राईले जानकारी दिएका छन् । चलचित्रमा पूर्वगोर्खा सैनिक राजकुमार राई मुख्य कलाकारको भूमिकामा छन् । त्यस्तै चलचित्रमा राईसँगै कमला खापुङ लिम्बु, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, शिशिर बङ्गेल, नरेन खड्का, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, संगीता लिम्बु र उनकी छोरीको मुख्य अभिनय छ । चलचित्र निर्देशन युवराज (वीरबहादुर) राईले गरेका हुन् भने कार्यकारी निर्माता, विजय एल राई र निर्माता मिलन राई, रवि थापा र धन लिम्बू रहेका छन् ।

निर्माता प्रस्तुतकर्ता विजया राई, रवि थापा, धन लिम्बु, मिलन राई रहेका छन् भने फिल्म सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले निर्माण गरेको हो । छायांकन दिर्घ गुरुङ, द्वन्द्व एनबी महर्जन, गायक राजेश पायल राई, गायिका बबिना किराती, संगीत सन्तोष दुमी, आनन्द राई छन् । पोस्ट प्रोडक्सन विमल धमला र सीमा राई छन् । ग्रयान्ड मास्टर राजकुमार राईले चलचित्र प्रदर्शनबाट संकलित केही रकम च्यारिटीमा समेत खर्च गर्ने जानकारी दिए ।