प्रकाशले यसवर्ष तीज गीत नल्याउने



गतवर्ष दुईवटा तीज गीत निकै चर्चित बने । पहिलो – विष्णु माझीको ‘चरी जेलैमा’ । दोस्रो– प्रकाश सपूतको ‘कुरा बुझ्न पर्च’ । यी दुईवटै तीज गीतले युट्युबमा छोटो समयमै करोड भ्युज पाए । अहिले यी दुईवटै तीज गीतको भ्युज ३ करोडभन्दा माथि छ ।

गतवर्ष बजार तताएका विष्णु माझी र प्रकाश सपूतले भने अहिलेसम्म तीज गीत ल्याएका छैनन् । उनीहरुले तीज गीत ल्याउँछन्÷ल्याउँदैनन् ? जिज्ञासा मात्र छैन प्रतिक्षा पनि छ । ्
गायक प्रकाशले यसवर्ष तीज गीत नल्याउने जनाएका छन् । आफ्नो तीज गीतको पर्खाइमा रहेका शुभचिन्तक एवं स्रोता दर्शकलाई प्रकाशले आईतबार मात्रै यसवर्ष आफूले तीज गीत नल्याउने जानकारी दिएका हुन् । उनले आफ्नो आउँदो चलचित्र ‘परदेशी २’मा समय दिनुपर्ने भएकाले यसवर्ष तीज गीत नल्याउने भएका हुन् । उनी फेसबुकमा लेख्छन् ‘यसपाली मैलै मेरो सिर्जनात्मक समय, उर्जा, र तनमन चलचित्र ‘परदेशी २’ मा लगाउने सोँचेको छु ।’

उनी अभिनित पहिलो चलचित्र ‘परदेशी २’ दशैंमा प्रदर्शनमा आउँदैछ । गायिका विष्णु माझीले भने हरेक वर्ष तीज गीत ल्याउँदै आएकी छिन् । ‘पुतलीको भट्टी’को नयाँ भागका रुपमा उनले हरेक वर्ष तीज गीत ल्याउँछिन् । त्यसको निरन्तरता नै थियो, गतवर्ष सार्वजनिक – चरी जेलैमा । उक्त गीत विष्णुको ‘पुतलीको भट्टी’ भाग १७ का रुपमा सार्वजनिक भएको थियो । यसवर्ष पनि उनको तीज गीतको अपेक्षा गर्न सकिन्छ ।