शोभितको चलचित्र ‘बद्री बहादुर’ को अष्ट्रेलियामा प्रिमियर



काठमाडौँ। शोभित बस्नेतको निर्देशनमा बनेको चलचित्र ‘बद्री बहादुर’ को जुलाई ३० तारिखमा अष्ट्रेलियामा प्रिमियर गरिएको छ । चलचित्रको नेपाल रिलिज अगाडी विदेशबाट प्रदर्शनको सुरुवात निर्देशक बस्नेतले गरेका छन्। ‘बद्री बहादुर’लाई मिलेको दर्शक प्रतिक्रियाबाट निर्देशक बस्नेत खुशी छन् । सिनेमा रिलिजको लागि शोभित केही समयअघि अष्ट्रेलिया उडेका थिए । चलचित्रको सिड्नी रिलिजको चाँजोपाँजो मेगा इभेन्ट र रुक्सल प्रजापतिले मिलाएका हुन् । चलचित्रको अझै ३ शहरमा समेत शो गरिनेछ । नेपालमा भने चलचित्र प्रदर्शनको मिति फाइनल भईसकेको छैन।

संचारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्र एबि पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको हो । चलचित्रका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे रहेका छन् । चलचित्रमा पुजा शर्मा र सलोन बस्नेत विशेष भूमिकामा रहेका छन् । चलचित्रमा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजिब जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको अभिनय रहेको छ ।

चलचित्रमा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरेको लेखन, शिब बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द निर्देशन रहेको छ । कमेडी जनराको चलचित्रमा बिनोद सापकोटाको छायांकन तथा समिर मियाको सम्पादन र मुख्य सहायक निर्देशक रामजी राउत रहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.