११० विश्व रेकर्ड राखे गीतकार उपाध्यायले



काठमाडौं। कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले नेपाल सहित पचास भाषामा एक गीत सार्वजनिक गरेर विश्व रेकर्ड बनाएका छन् । बुधबार साँझ राजधानीमा आयोजित एक कार्यक्रममा उनलाई उक्त विश्व रेकर्ड (गिनिज बुक अफ वर्ल्ड) प्रमाण पत्र सहरी विकास मन्त्री मेटमणि चौधरीले प्रदान गरे ।

कार्यक्रममा मन्त्री चौधरीले डा. उपाध्याय अद्भूत क्षमता रहेको ब्यक्तिको रुपमा चर्चा गरे । उनले देशलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन गरेको यो योगदानको उचित सम्मान र कदर गर्नुपर्ने बताए । अझै धेरै कीर्तिमान कायम गर्दै जानका लागि शुभकामना समेत दिएका मन्त्री चौधरीले डा. उपाध्यायको अद्भूत क्षमता सबैको खोजको विषय हुनुपर्ने धारणा समेत राखे ।

सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नेपाली भाषामा सन्तोषको स्वर, हिन्दीमा डीआरको र अन्यमा प्रकाश तिमल्सिनाको स्वर रहेको छ । गीत नेपाल सहित हिन्दी, जापानी, चिनियाँ, अंग्रेजी, रुसी, कोरियाली, फ्रान्सेली, स्पेनी, इटालियन, जर्मन, थाई, मौरिसियन, उर्दु, स्वेडिस, क्रोसियन, हेब्रु, पोर्तुगाली, बंगाली, संस्कृत, स्टोनियन, भियतनामी, डच, सिंहाली, स्लोभेनियन, इन्डोनेसियन, रुमानी, फिनिस, पेरुभियन, टर्किस, ग्रिक, फिलिपिनो, अल्बानियन, युक्रेनियन, अफ्रिकी, स्लोभाकिया, सर्बियाली, पानामियन, नर्वेजियन, आइसल्यण्डीक, बर्मेली, कोल्म्बीयन, कुर्डिस, स्वाहिली, पोलिस, बोलिभियन, हङ्गेरियन, डेनिस, लात्भियन र आर्मेनियन भाषामा रहेको छ ।

खनाल समाजका अध्यक्ष केदारनाथ खनाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघका निवर्तमान अध्यक्ष चुण्डामणि देवकोटा, पूर्व राजदूत रमेशप्रसाद खनाल लगायतको गीतका उपाध्यायले आफूले आफ्ना लागि मात्र नभएर आफ्नो समाज र देशलाई चिनाउनका लागि फरक कार्य गर्दै आएको बताए ।

उक्त अवसरमा तिलिचो हिमालमा लोकार्पण गरिएको उपन्यास ‘भाइरस लभ’ को विश्व कीर्तिमानको प्रमाण पत्र पनि डा. उपाध्यायलाई प्रदान गरिएको थियो । यसअघि गीत संगीत तथा विविध विधामा १०८ विश्व कीर्तिमान कायम गरेका उपाध्यायको कीर्तिमान ११० पुगेको छ ।

कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठ, पत्रकार कुबेर गिरी, तुलसी गिरी, कृष्ण भुषाल, गीता अधिकारी लगायतले पचास भाषामा गीतमा निर्वाह गरेको भुमिका मार्फत विश्व रेकर्डको प्रमाण पत्र हात पारे । उपाध्यायका २८ एल्बम र दर्जन बढी उपन्यास प्रकाशित छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.