टाइगर श्राफ र दिशा पटानीको जोडीको ब्रेकअप



एजेन्सी। बलिउड फिल्म उद्योगमा कैयौं सेलिब्रेटीको अफेयरको खबर भाइरल भइरहन्छ। यीमध्ये कैयौं स्टार विवाहको बाटोसम्म पुग्छ भने कैयौंको बीचमा नै ब्रेकअप हुने गरेको छ।

झण्डै ६ वर्षसम्म डेट गरेका अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको जोडीको ब्रेकअप भएको छ। जोडीको के कारणले ब्रेकअप भयो भन्ने केही कारण खुलेको छैन।

तर यो जोडीको सम्बन्ध केही समययता राम्रो नचलिरहेको उनीहरु निकट स्रोतले जानकारी दिएको छ। जोडीमा केही असमझदारी भएपछि एकापसको सहमतिमा सम्बन्धबाट बाहिरिने निर्णय लिएका छन्।

टाइगरका एक साथीले पनि उनीहरुको प्रेम सम्बन्ध पहिलाको जस्तो नरहेको खुलासा गरेका छन्। दुवैको ब्रेकअप भएपछि उनीहरु आ–आफ्नो काममा केन्द्रीत रहेको उनको दाबी छ। ब्रेकअपका विषयमा टाइगर र दिशाले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। ब्रेकअप अघि टाइगर र दिशा विभिन्न स्थानमा घुमिरहेको अवस्थामा भेटिन्थे।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.