सम्पादनमा ‘सरी मम’



काठमाडौँ। एनएफआई क्रियसनको व्यानरमा निर्माण भएको चलचित्र ‘सरी मम’को यति बेला धमाधम सम्पादनको कार्य भई रहेको छ । प्राबिधिक विनोद लामा कार्यकारी निर्माता रहेको चलचित्रको कथा लामाले नै लेखेका हुन्। चलचित्रमा सरिता र प्रभातका अलवा सरोज खनाल, एलिस राई, विहान श्रेष्ठ, रेजिना मगर, युनिषा बजगाई र प्रविल कँडेलको अभिनय रहेको छ ।

नविन बोगटीको निर्देशनमा बनेको चलचित्रको छायाँकन दीर्घ गुरुङले गरेका हुन् भने प्रितम पाण्डेयले सम्पादन गरि रहेका छन् । सामाजिक कथावस्तुमा निर्माण गरिएको चलचित्रले लागु औषधको कुलतको बिषयमा जन चेतना जगाउने उदेश्यले निर्माण गरिएको र टिनएजका युवाहरुको कुलतमा फस्ने,पढाई भन्दा बाहिरको गतिविधिको प्रभाव र स्वयम् युवालाई पर्ने असरको कथा बोल्ने सम्पादक प्रितम पाण्डेयले बताए।

सेन खेमराज अधिकारी र रोजिता तामाङले निर्माण गरेको चलचित्रको लेखक आयुष बुढाथोकी र सरोज पौडेल हुन्। चलचित्रको बिसेष प्रदर्शन गर्ने र सामाजीक जनचेतनाको अभियान चलाउने कार्यकारी निर्माता विनोद लामाले बताए।