पिता बने प्रशान्त तामाङ्ग



काठमाडौं । इण्डियन आइडल तथा अभिनेता प्रशान्त तामाङ्ग पिता बनेका छन् । प्रशान्तकी श्रीमती मार्था एलीले बुधबार छोरीलाई जन्म दिएकी हुन् । प्रशान्तले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिँदै खुशी ब्यक्त गरेका छन् । उनले छोरीको नाम अरिया राखेको समेत जानकारी दिएका छन् । गतमहिना आफू बुवा बन्न लागेको खबर प्रशान्तले आफ्ना प्रशंसकलाई सरप्राइजका रुपमा रुपमा सुनाएका थिए ।

प्रशान्तले माया र शुभकामनाका लागि सबैलाई धन्यवाद दिएका छन् । बुवा बनेको खबर सार्वजनिकसँगै प्रशान्तलाई शुभचिन्तक एवं फ्यानहरुले बधाई दिईरहेका छन् । यतिबेला भारतमै रहेका प्रशान्तले ‘गोर्खा पल्टन’बाट नेपाली चलचित्रमा डेब्यू गरेका थिए । उनको नयाँ चलचित्र ‘परदेशी २’ दशैंमा प्रदर्शनमा आउँदैछ । त्यसका लागि सम्भवतः उनी अर्को महिना नेपाल आउनेछन् ।