‘डेसान’ फर्स्ट लुकमा गम्भीर भोला र नम्रता



काठमाडौँ। निर्देशक कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘डेसान’ ले फर्स्टलुक पोस्टरका साथमा प्रदर्शन मिति सार्वजनीक गरेको छ । महामारीको बिषयमा निर्माण गरिएको चलचित्र २३ मंसिरमा प्रदर्शन हुनेछ । सार्वजनीक दुई डिजाइन मध्ये एउटा पोस्टरमा डेब्यु अभिनेत्री पुनम थापा र डेब्यु अभिनेता निशान चौहान रोमान्टिक अवतारमा देखिन्छन् भने अर्काे पोस्टरमा निशान र पुनमका साथमा नम्रता सापकोटा र भोला सापकोटालाई गम्भीर मुद्रामा प्रस्तुत गरिएको छ ।

पर्फमिङ आर्ट कृएसनको ब्यानरमा निर्मित फिल्ममा नम्रता,निशान,भोलाराज,पुनमका साथमा कविता आले,आरुषजंग सारु,मलिका बस्नेत,प्रमीशा सारुमगरलगायतका कलाकारको अभिनय छ । चक्रबहादुर महर्जनले खिचेको फिल्मको गीत राजु थापाले लेखेका हुन् भने हरि लम्सालको संगीत अनि प्रताप दास र प्रबिशा अधिकारीको स्वर छ । मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मलाई एफडि,जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले बितरण गर्दैछ । कोरोना महामारीको त्रासादीमा छायांकन गरिएको फिल्मले भरपुर मनोरञ्जनका साथै उपयोगी सन्देशसमेत प्रबाह गर्ने दावी निर्माण पक्षको छ । राज थापा काउचाको कथा रहेको फिल्मको स्क्रिप्ट निर्देशक कमल स्वयम्ले लेखेका हुन् । कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्म नेपालभन्दा पहिला बिभिन्न देशमा प्रदर्शन हुने तयारीमा छ ।