दर्शनाको तीज गीत ‘भुरुरु फुरुरु’ सार्वजनिक



काठमाडौं । साउन लागेसँगै तीज गीतहरु घन्किन थालिसकेका छन् । दिनहुँ नयाँ नयाँ तीज गीतहरु युट्युबमा सार्वजनिक भैरहेका छन् । यसैक्रममा आईतबार युट्युबमा नयाँ तीज गीत थपिएको छ, ‘भुरुरु फुरुरु’ । यो गीतलाई गायिका दर्शना तिरुवाले बजारमा ल्याएकी हुन् । गीतमा उनी स्वयंमका साथमा चर्चित गायिका पूर्णकला बिसीले स्वर दिएकी छिन् ।

कुलदीप न्यौपानेको शब्द, नविन परियारको संगीत, सुनिल परियारको संगीत संयोजन रहेको गीतमा तारा मगर र निर्जला गुरुङको कोरस गायन सुन्न सकिन्छ ।

डान्सिङ विटको गीतको भिडियोमा भने नारायणी खत्री र अस्मिता रणपालले नृत्य गरेका छन् । जेरी भण्डारीको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोलाई करन चैसिरले छायाँकन गरेका हुन् । नवीन घर्ती मगरको सम्पादनपछि गायिका दर्शनाको ‘दर्शना तिरुवा अफिसियल’ युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.