दियाले मिनिस्कर्ट लाएर डिस्को जान नमाने पछि रिमा लाई चान्स


reema bishworkama
(सेलिब्रेटी नेपाल) १६ असार-चलचित्र राहदानीको एक आईटम गीतको सुटिंगको दुई दिन अघि दीया मास्केले आईटम डान्स गर्न नमाने पछि निर्माण पक्षले अभिनेत्री रीमा विश्वकर्मालाई आईटम डान्सका लागि लिएका छन् । उक्त गीतमा केहि समय पहिले दुइ जना गायिकाले गाउन नमाने पछि गायिका दुर्गा खरेलले गायकी हुन् ।
लामो समयदेखि रङ्ग पत्रकारीतामा कलम चलाउदै आएका पत्रकार डब्बु क्षेत्रि द्वारा निर्देशित चलचित्रमा आईटम गीत राम्रो र सन्देश मुलक भएकाले पहिलो पटक आईटम डान्स गरेको रीमाले छायाकनको क्रममा बताएकि छिन्। गुन्युचोली लाउदिनमा मिनीस्कर्ट लाए, रोधी घर जादिन म डिस्को क्लब धाए’ बोलको गीतमा अभिनेत्री रिमाले आईटम डान्स गरेकि हुन् । सो गितलाई चलचित्रका निर्देशक डब्बुले नै लेखेका हुन्,भने चेतन सापकोटाको संगीत रहेको छ।

रामशरण उप्रेतीको छायाँकन रहेको चलचित्रमा दयाहाङ् राई, रुपा खनाल, बिनीता घिमिरे, अशोक रिजाल, सृजना सुब्बा, नवीन लम्साल, मोनिका दाहाल, तेञ्जिङ शेर्पा, विकाश जोशी, आयुष्मा श्रेष्ठ, विधा कार्की, तेञ्जिङ शेर्पा, शैलेन्द्र बस्नेतसहितका कलाकारको अभिनय छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.