कान्तिपुर फिल्म एकेडेमीको चलचित्र ‘म’ को ट्रेलर सार्वजनिक



काठमाडौं। सुवर्ण थापा निर्देशित चलचित्र ‘म’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको चलचित्रको २ मिनेट १९ सेकेन्डको ट्रेलर सस्पेन्स शैलीमा तयार पारिएको छ । बिरामीको रुपमा अस्पताल छिरेको एक पात्रको अपराधिक घटनासँगको कनेक्सनमा सिनेमा आधारित रहेको ट्रेलरबाट सहजै बुझ्न सकिन्छ ।

लामो समयदेखि चलचित्र सम्बन्धि अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले पहिलो पटक निर्माण गरेको चलचित्रमा सरोज खनाल, निशा अधिकारी, रुविना थापा, निराजन प्रधान, सविन श्रेष्ठ, नरेन खड्का, सरिता लामिछाने, पुनम श्रेष्ठ, संजोग रसाइली लगायतको अभिनय छ । ट्रेलरमा सबै कलाकारलाई स्थान दिइएको छ । पुनम र संजोगले यही सिनेमाबाट नेपाली सिनेमामा डेव्यु गरेका हुन् ।

निर्देशक थापाले सस्पेन्स-क्राइम जनराको सिनेमा निर्देशन गरेर आफूले एक हिसाबमा करिअर दाउमा राखेको पनि बताए । उनले भने- ‘मसँगका समकालीन निर्देशकहरुले हत्तपत्त सस्पेन्स जनराको सिनेमा निर्देशन गर्न मान्नु हुन्न् । त्यो रिक्स मैले उठाएको छु । यसअर्थ ‘म’ निर्देशन गरेर मैले आफ्नो करिअर दाउमा राखेको छु । तर, सिनेमालाई राम्रो बनाउन मैले कुनै पनि कसर बाँकी छाडेको छैन ।’

तेन्जिङ्ग पाल्देनको छायांकन र बनिश शाहको सम्पादन रहेको सिनेमाको निर्मातामा बिमला हुमागाई र पदम पुरी छन् । कान्तिपुर सिनेमाजको प्रोडक्सन र कान्तिपुर सिनेमा एकेडेमीको प्रस्तुतिमा निर्माण भएको सिनेमाको क्रियटिभ निर्माता प्रकाश पुरी हुन् । सिनेमाको पटकथा तथा संवाद पनि निर्माता पुरीले नै लेखेका छन् । उनले रेगुलर सिनेमाभन्दा ‘म’मा दर्शकहरुले केही नयाँ र फरकपन पाउने बताए । चलचित्र साउन २० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.