नेपाली चलचित्र बजारमा मिस कलको आगमन


miss-call-res
(सेलिब्रेटी नेपाल) १६ असार-राकी इन्टरटेमेण्टको ब्यानरमा निर्माता राजु के सी र निर्देशक किशोर चौधरीले सयुक्त रुपमा निर्माण गर्न लागेको चलचित्र “मिस कल” को शनिबार म्युजिसियन स्टुडियोमा गीत रेकर्डिङ्ग कार्यको शुभारम्भ गरिएको छ। चलचित्र “मिस कल” को लागि नरिवल फुटाएर बिधिवत रुपमा पुजा गरि चलचित्रको गित रेकर्डिङ्ग प्रारम्भ गरिएको हो। निर्देशक किशोर चौधरीको सब्द तथा संगीतकार महाराज थापाको संगीतमा “तिम्रो हेराइले लठै बनायो ,के जादु गरेउ मलाइ क्रेजी बनायौ ” बोलको गीत लाई यसअघि गाला रातै गाएकी गायिका मिलन अमात्य र गायक मनोज महतोको आवाजमा रेकर्डिङ्ग सम्पन्न गरिएको छ।

यस चलचित्रमा लामो समाए देखि संगीत संयोजनको कार्य गर्दै आएका र सफल एरेन्जरका रुपमा परिचित महाराज थापाले पहिलो पटक चलचित्रमा संगीतकारको रुपमा कार्य गर्दै छन्।
Miss-call-r
निर्माता राजु के सी को कथा रहने यस चलचित्रलाई निर्देशक किशोर चौधरीले निर्देशन गर्ने भएका छन् ।नेपालको रमणीय ठाउँहरु ईलाम,जोमसोम,चितवन लगायत राजधानीका केहि स्थानहरुमा छायांकन हुने चलचित्रको लागि हाल कलाकारको छनोट कार्य भई रहेको बताईएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.