‘कृष्ण लीला’ टिम संग अभिनेता पुष्प र निर्देशक दीपकको जन्मदिन मनाइयो



काठमाडौं। अभिनेता पुष्प खड्का र निर्देशक दीपक ओलीले ‘कृष्ण-लीला’ टिमसँग जन्मदिन मनाएका छन् । ‘कृष्ण-लीला’ का प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठले आफ्नो चलचित्रका अभिनेता र निर्देशकको एकैदिन परेको जन्मदिनको अबसरमा बिहीबार राजधानीमा बिशेष कार्यक्रम आयोजना गरेका थिए । भदौ ३ गतेदेखि प्रदर्शनमा आउने चलचित्रका निर्देशक र अभिनेताको जन्मदिन बिशेष कार्यक्रममाचलचित्रकी अभिनेत्री श्रद्धा क्षेत्री तथा अभिनेताद्धय बुद्धि तामाङ र रबिन्द्र झा पनि उपस्थित थिए ।

‘यसरी चलचित्र टिमसँग जन्मदिन मनाउन पाउदा निकै खुशी लागेको छ,’ पुष्पले भने, ‘यो बर्षको जन्मदिन निकै बिशेष बनाइदिनु भयो । हृदयदेखि आभारी छु ।’ निर्देशक दीपकले पनि निर्माण टिम, उपस्थित संचारकर्मी र सम्पूर्ण शुभचिन्तकमा कृतज्ञता ब्यक्त गरे । कार्यक्रममा अभिनेत्री श्रद्धाले आफ्नो ‘को-एक्टर’ पुष्पलाई के गिफ्ट दिन्छिन् भन्ने कुतुहलता सबैमा थियो । उनले पुष्पलाई राधाकृष्णको मुर्ति र परफ्युम ‘गिफ्ट’ गरिन् । श्रद्धाले सो उपहार सिनेमासँगै सम्बन्धित भएको बताइन ।

आरआर फिल्मस्को ब्यानरमा निर्मित ‘कृष्ण-लीला’ ले प्रदर्शनको मिति नजिकिँदै गर्दा प्रचार-प्रसारलाई तीब्र बनाउदै लगेको छ । सिनेमामा पुष्प, श्रद्धा, बुद्धि र रबिन्द्रका साथमा भावना गुरुङ, नवीन रेग्मी, हिउंवाला गौतमलगायतका कलाकारले अभिनय गरेका छन् । लक्ष्मण सुवेदी लिखित सिनेमा शिब ढकालले खिचेका हुन् ।

अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहेको सिनेमाका गीतहरु अहिले चर्चामा छन् । प्रकाशराज कार्की र केवल तामाङ निर्माता रहेको सिनेमाको सहनिर्मातामा रोजन श्रेष्ठ र पिताम्बर आचार्य तथा लाइन प्रोड्युसमा रमेश तामाङ छन् । सिनेमा भदौ ३ मा देशभरका एक सयभन्दा बढी स्क्रिनमा प्रदर्शन हुने जानकारी आरआर फिल्मस्ले दिएको छ ।