हमालले ‘छड्के २’ मा ५० लाख भन्दा माथिको पारिश्रमिकको अफर पाउँदा पनि किन काम गर्न मानेनन् ?



काठमाडौँ। निगम श्रेष्ठले निर्देशन गरेको चलचित्र ‘छड्के’ बनेको दश बर्ष पछि चलचित्रको सिक्वेल ‘छड्के २’ निर्माण हुने तयारीमा रहेको छ। बक्स अफिसमा २ दिन आक्रामक कमाई गरेर तेश्रो दिनदेखि खराब वर्ड अफ माउथले कमजोर बनेको चलचित्र हो, ‘छड्के’ । ‘छड्के’मा सौगात मल्ल, नम्रता श्रेष्ठ, विपिन कार्की लगायतका कलाकारको मुख्य भूमिका थियो ।

चलचित्र ‘छड्के’को सिक्वेलमा अभिनेता अनमोल केसी अनुबन्ध भई सकेका छन्। चलचित्रमा पुराना कलाकार दोहोरिने सम्भावना नरहेको निर्माण श्रोतले जानकारी दिएको छ। निर्माण टिमले एउटा रोलको लागी अभिनेता राजेश हमाललाई गरेको अफर हमालले अस्विकार गरेका छन्। सेलिब्रेटी नेपाललाई प्राप्त जानकारी अनुसार ‘छड्के २’ मा हमाललाई ५० लाख भन्दा बढी पारिश्रमिक अफर गर्दा पनि हमालले काम गर्न मानेनन्। उनले कथाको कारण वा निर्माण टिमको कारण काम गर्न मानेनन् त्यो भने केहि समय पछि नै खुल्नेछ। हमालले पछिल्लो समय काम गर्ने भनेर तयार भएको प्रोजेक्ट ‘सत्यम’ को काम अघि बढ्न सकेको छैन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.