सौगात र सृष्टिको ‘माइकल अधिकारी’को ट्रेलर रिलिज



काठमाडौं । अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रम गर्दै भदौं ३ गते प्रदर्शनमा आउने फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा पैसाको प्रलोभनमा परी ‘सरोगेसी’ अर्थात कोख भाडामा दिएर बच्चा जन्माउने एक दम्पतीको कथा प्रस्तुत गरिएको छ । ट्रेलरमा कमेडी, इमोशन दुबै भाव समेटिएको छ ।

रन्जित रौनियारको कथा एवं निर्देशन रहेको ‘माइकल अधिकारी’ गोपीकृष्ण मुभिजको ब्यानरमा निरक पौडेलले निर्माण गरेका हुन् । फिल्ममा सौगात र सृष्टिका अलावा अशान्त शर्मा, लुनिभा तुलाधर, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, लगायतका कलाकारहरुको अभिनय छ । राजु विक्रम थापाको छायाँकन रहेको फिल्मलाई मित्र डि गुरूङले सम्पादन गरेका हुन् ।