‘राधा’ फिल्मको तीज गीत ‘पाउमा पाउजु’ रिलिज, प्रियंका र सृष्टिको नृत्य



काठमाडौं । फिल्म ‘राधा’को तीजविशेष गीत रिलिज गरिएको छ । साउनको पहिलो सोमबार राजधानीमा एक कार्यक्रमकाबीच ‘पाउमा पाउजु’बोलको तीजविशेष गीत रिलिज गरिएको हो । तीजको अवसर पारेर भदौं १० गतेबाट यो फिल्म प्रदर्शनमा आउँदैछ ।

सार्वजनिक तीज गीतमा अभिनेत्री सृष्टि श्रेष्ठ र प्रियंका कार्कीले नृत्य गरेका छन् । सज्जा चौलागाई र स्वस्तिका ढकालले स्वर दिएको गीतमा सिर्जना खत्रीको शब्द, कालीप्रसाद बाँस्कोटाको संगीत संयोजन छ । पशुपति वृद्धाश्रम परिषरमा छायांकन गरिएको गीतको भिडियोलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन् ।

सुवर्ण थापाको निर्देशन रहेको ‘राधा’मा सृष्टिसहित खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्यदेव, लोकेन्द्र लेखक, बुद्धि तामाङ, पशुपति राई लगायतको मुख्य भूमिका छ ।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल र निश्चल बस्नेत पनि अतिथि भूमिकामा छन् ।

यस फिल्ममार्फत अभिनेता सौगात पहिलोपटक निर्माताको रुपमा आउँदैछन् । फिल्ममा सौगातसहित देवकी विष्ट, बिक्रम दास जोशी निर्माताको रुपमा छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.