चलचित्र ‘म’ को दुई वटा पोस्टर सार्वजनिक



काठमाडौँ। चलचित्र ‘म’ को दुई वटा पोस्टर सार्वजनिक भएको छ । पोस्टर कन्तिपुर फिल्म एकेडेमीको फेसबुक पेज मार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक पोस्टरमा अनुसार नयाँ अनुहार संजोग रसाईलीको वरीपरी कथा र अन्य पात्रहरु घुमेको अनुमान लगाउन सकिन्छ । संजोग फिल्म एकेडेमीका एक्टीङ्ग स्टुडेन्ट हुन र उनको यो डेब्यु चलचित्र हो ।

निर्माण टिमले केही दिन अघी १ मिनेटको टिजर सार्वजनिक गरेको थियो । उक्त टिजरको आधारमा एक जना क्रीमीनल प्यासेन्ट भएर हस्पिटलमा एड्मीट हुन्छ र त्यसले त्यहाँबाट गर्ने कुनै ठुलै प्लानलाई अपरेसन गर्छ र त्यो को हो, के गर्छ र के का लागि गर्छ भन्ने पत्ता लगाउन सबै पात्रहरु लागेको अनुमान गर्न सकिन्छ ।

सार्वजनिक भएको एक मीनेटको टिजर र पोस्टर अनुसार निशा अधिकारी डक्टर, रुविना थापा नर्स, निराजन प्रधान पुलीस अफिसर, नरेन खड्का ग्याङ्गस्टार भन्ने स्पस्ट देखाईएको छ । अन्य पात्रहरुमा सरोज खनाल, सविन श्रेष्ठ, सरीता लामीछाने र पुनम श्रेष्ठलाई पनी टिजर र पोस्टरमा अटाईएको छ तर उनिहरुको क्यारेक्टर के हो भनेर ठम्याउन सकिदैन ।

टिजर हेर्दा हस्पिटलको एउटै लोकेशनमा चलचित्र अधिकांश दृष्य छायाँकन गरिएको छ । त्यही अनुुसार सार्वजनिक गरिएको पोस्टरमा पनी व्यागराउण्डमा हस्पिटलको सेटिङ्ग प्लेस्मेन्ट गरेर व्लु टोनमा पोस्टर बनाईएको छ र स्याडोमा सबै क्यारेक्टरहरुको रिफ्लेक्सन राखीएको छ । राकेश दाहालले डिजाईन गरेको पोस्टर पछील्लो समयमा चलिरहेको फिल्मको पोस्टर भन्दा केही फरक लुक्समा देखिएको छ ।

लेन्डस्केप र पोट्रेट गरी २ वटा फरक फरक साईजमा सार्वजनिक भएको म को पोस्टरले हेरीरहेको रेगुलर भन्दा केही फरक कथामा सस्पेन्स फिल्म बनेको ठम्याउन सकिन्छ तर फिल्ममा ‘म’ को अर्थ र फिल्मको मुख्य कथा के हो भनेर अहीले सम्म गोप्य राखिएको छ ।

फिल्मको निर्देशक सुवर्ण थापा हुन्, उनले बनाएको सुनगाभा चलचित्र समीक्षात्मक रुपमा राम्रो मानीएको थियो भने उनैले निर्देशन गरेको अर्को चलचित्र राधा पनी भदौ १० गतेबाट प्रदर्शन हुदैछ। चलचित्र म को सीनेमाटोग्राफर तेन्जीङ्ग पाल्देन, एडिटर बनिस शाह, निर्माताहरु बिमला हुमागाई र पदम पुरी हुन भने चलचित्रको राईटर र कृयटिभ प्रोड्युसर कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरी हुन् । कान्तिपुर सिनेमाजको प्रोडक्सन र कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतीमा निर्माण भएको म श्रावण २० गतेबाट प्रदर्शनमा आउदैछ । फिल्मको अफीसीयल ट्रेलर श्रावण पहीलो हप्ता सार्वजनिक गर्ने निर्माण टिमले जानकारी गराएको छ ।

फिल्म बनाउन सिकाउने स्कुलले नै निर्माण गरेको फिल्म भएकोले पनि फिल्मको सब्जेक्ट र स्टोरी टेलीङ्ग केही नयाँ हुन हुन सक्छ । नेपालमा फिल्म कलेजले निर्माण गरेको यो पहीलो फिचर फिल्म हो ।