मुकुन र बेनिषाको ‘बिजुली च्याप्टर १’ औपचारिक घोषणा संगै फर्स्टलुक सार्वजनिक



काठमाडौँ। चलचित्र ‘बिजुली च्याप्टर १’ निर्माणको औपचारिक घोषणा गरिएको छ। राजधानी काठमाडौँमा एक बिसेष कार्यक्रमको आयोजना गरेर चलचित्रको फर्स्ट लुक सार्वजनिक संगै चलचित्र निर्माणको घोषणा गरिएको हो। विकास गिरिको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘बिजुली च्याप्टर १’ को निर्माता लुना केसी हुन्। विकास गिरीको यो डेब्यु निर्देशन हो। लामो समयको तयारी पश्चात गिरीले निर्देशनमा पाइला चाल्न लागेका हुन्। बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रमा मुकुन भुसाल,बेनिषा हमाल,कालु राना अनुबन्ध भएका छन् भने बाँकी कलाकार छनोट हुन बाँकी रहेको छ। चलचित्रको पोस्टर डिजाइन ट्राईडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन्।

क्रियटिभ प्रोडूसर केदार भुसाल रहने चलचित्रको छायाँकन भदौ तेस्रो साताबाट सुरु गरिने लक्ष्य निर्माण टिमको रहेको छ। हरि घले लामाले छायाँकन गर्ने चलचित्रमा एसोसियट निर्देशक आयुष बिसी,मुख्य सहायक निर्देशक शंकर धिताल,प्रोडक्सन मेनेजर नेत्र बिस्ट रहेका छन्। चार युग सत्य,त्रेता,द्वापर र कलियुग युगको प्रतिनिधि पात्रको कथामा बन्न लागेको चलचित्रको अर्को भाग पनि निर्माण गरिने लेखक तथा निर्देशक गिरीले जानकारी दिए। ‘यो हिन्दू धर्मग्रन्थका पात्रको मोडर्न एडप्टेसन हो,’निर्देशकले भने । हिन्दू धर्मग्रन्थहरु रामायण, महाभारत र भागवत गीतका चरित्रलाई समेटेर फिल्म बनाउन लागिएको हो ।

चलचित्रको कथा अनुसार आफुले आफ्नो भूमिकाको लागि निकै नै मेहनत गर्नु पर्ने अभिनेता मुकुन भुसालले बताए। यस चलचित्रमा आफुले अहिले सम्म गरि रहेको काम,आफ्नो लुक्स तथा रोलमा निकै भिन्नता दर्शकले पाउने भुसालले बताए। अभिनेत्री बेनिषा हमालले नयाँ र जोश जाँगर बोकेर नेपाली चलचित्र क्षेत्रमा केहि गरौँ भनेर लागेको टिमसंग काम गर्न पाउँदा आफुलाइ एकदम खुसि लागेको बताइन् ।
फोटो-राज मल्ल

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.