समीक्षाको फेसबुकमा सिमितले मात्रै कमेन्ट गर्न मिल्ने, नकारात्मक कमेन्ट कारण !



काठमाडौं । सानो उमेरमै थुप्रै हिट गीत दिएकी गायिका समीक्षा अधिकारीले सांगीतिक क्षेत्रमा पुनः सक्रियता बढाएकी छिन् । केही महिना सांगीतिक संगै सामाजिक सञ्जालबाट समेत टाढा थिइन् उनी ।

हिजोआज उनले दिनहुँजसो नयाँ–नयाँ गीत रेकर्डिङ गराईरहेकी छिन् भने उनले स्वर दिएका गीतहरु युटयुवमा सार्वजनिक समेत भईरहेका छन् । सामाजिक सञ्जाल फेसबुकबाट उनले गीत रेकर्डिङका तस्वीरहरु समेत सार्वजनिक गरिरहेकी छिन् । तर, उनले फेसबुकमा गरेका पोष्टमा सबैले कमेन्ट गर्न भने नमिल्ने बनाएकी छिन् ।

समीक्षाले आफ्नो पोष्टमा सिमितले मात्रै सिमितले मात्र कमेन्ट गर्न मिल्ने बनाएकी हुन् । उनी निकट संगीतकर्मीका अनुसार धेरै नकारात्मक कमेन्टको सामना गर्नुपरेपछि समीक्षाले फेसबुकमा सिमितले मात्रै कमेन्ट गर्न मिल्ने बनाएकी हुन् । सामाजिक सञ्जालमा पुनः सक्रिय हुन थालेसँगै समीक्षाले नकारात्मक कमेन्टको एकदमै धेरै सामना गर्दै आएकी थिइन् ।